१२ मंसिर २०८३, शुक्रबार

संघीय संसदका ८ वटा समितिको बैठक आज बस्ने

एसीपी संवाददाता

१५ फाल्गुन २०८०, मंगलवार ०९:२८ मा प्रकाशित

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका र राष्ट्रियसभा गरेर विभिन्न ८ समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका पाँच र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको छ ।

यस्तै, अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ भने विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x