परराष्ट्र मन्त्रालयका अनुसार लम्साल आठौं एसिया इकोनोमिक डायलग उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा परराष्ट्र सचिव लम्सालले दिल्लीमा भारत सरकारका विदेश सचिव विनय मोहन क्वात्रासँग समेत भेटवार्ता गर्नेछन् ।
एशिया इकोनोमिक डायलग भारतको विदेश मन्त्रालय र पुणे इन्टरनेशनल सेन्टरले संयुक्त रूपमा समसामयिक मुद्दाहरूमा आयोजना गर्ने वार्षिक बहुपक्षीय सम्मेलन हो ।
‘जीओ–इकोनोमिक्स च्यालेन्जेच इन एन एरा अफ फ्लक्स’ शीर्षकमा केन्द्रित भएर आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न देशबाट सहभागिता हुने जनाइएको छ ।
परराष्ट्र सचिव लम्साल १ मार्चमा काठमाडौं फर्कनेछन् । अनलाइनखबर ।


