१२ मंसिर २०८३, शुक्रबार

नेकपा एस बाँकेले दुई महिने संगठन विस्तार अभियान चलाउने

एसीपी संवाददाता

१६ फाल्गुन २०८०, बुधबार १०:०६ मा प्रकाशित

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) बाँकेले जेठमा हुने आफ्नो १०औं महाधिवेशनलाई लक्षित गर्दै दुई महिने संगठन विस्तार अभियान संचालन गर्ने  भएको छ ।

नेकपा एकीकृत समाजवादी बाँकेको पूर्ण बैठकले बाँकेका सबै स्थानीय तह र ८१ वडामा मुख्य अभियन्ता ताेकी फाल्गुन २२ देखि ३० गतेभित्र पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठन गठन, पुनर्गठन, अद्यावधिक गर्ने, सदस्यता वितरण गर्ने लगायतका निर्णय गरेको छ ।

पूर्ण वैठकलाई लुम्बिनी प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव हरि पराजुली, प्रदेश अध्यक्ष तथा पाेलिटव्युराे सदस्य साेम प्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव अशोक काेइराला, केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ लगायतले सम्वाेधन गरेका थिए । बैंकको अध्यक्षता अध्यक्ष इन्द्रबहादुर थापा र संचालन सचिव दिपक जिएमले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x