१२ मंसिर २०८३, शुक्रबार
उपप्रधानमन्त्री खड्काको घोषणाः गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै टिक्छ
काठमाडौं। गठबन्धनमा दरार आएको चर्चा चलिरहँदा नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।
बाहिर गठबन्धन तलमाथि हुने हो कि भन्ने आशंका पैदा भएको भन्दै उनले गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे।
जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-०८० को उद्घाटन गर्दै रक्षामन्त्री खड्काले बताए।
उनले भने, ‘बाहिर गठबन्धन टुट्ने हल्ला चलेको छ । गठबन्धन तलमाथि हुने हो कि भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिन, कुर्सी तानातानका लागि बनेको गठबन्धन होइन ।’
Subscribe
Login
0 Comments


