१२ मंसिर २०८३, शुक्रबार

चीनबाट ठगियो नेपाली स्टिल कम्पनी, पैसा तिराएर यसरी बनायो बिचल्ली

एसीपी संवाददाता

१९ फाल्गुन २०८०, शनिबार १८:१४ मा प्रकाशित

काठमाडौं । नेपाली स्टिल कम्पनी चीनबाट ठगिएको छ । उत्तरी छिमेकी चीनका ब्यापारीले नेपाली स्टिल व्यसायीलाई पैसा तिराएर ठगेका हुन् । चीनबाट ठगिएका नेपाली व्यापारीको बिचल्ली भएको छ ।

चीनबाट ठगिएर बिचल्लीमा परेको नेपाली कम्पनी हो, आरती स्ट्रिप्स प्राइभेट लिमिटेड । आरतीले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो । त्यसको लागि अग्रिम भुक्तानी पनि गरेको थियो । तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले पटक–पटक माग गर्दा पनि आपूर्ति गरेको छैन । पैसा तिराएर ठगी गरेपछि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिलविरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ ।

यसैबीच, वुटाई स्टिलले आफ्नो कम्पनीमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको भन्दै बहानाबाजी गरेको छ । यसबारे बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग यो विषय उठाएको छ, तर चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ आएको छैन ।

चीनबाट कपडा, जुत्ता, खेलौना लगायतका वस्तु आयातमा संलग्न चिनियाँ कम्पनीहरूले कैयौं नेपाली व्यवसायीलाई ठगिसकेका छन् । नेपाली व्यवसायीहरुको गुनासो काठमाडौंस्थित चिनियाँ दूतावासले पनि सुनुवाइ गरेको छैन ।

ठगी आरोप खारेज गर्दै दूतावासले मुद्दा मामिलामा नजान भनेको छ । बेइजिङस्थित नेपाली दूतावास पनि उनीहरुलाई सहयोग गर्नमा कमजोर देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x