१२ मंसिर २०८३, शुक्रबार
आफू नमर्दासम्म उथलपुथल भइराख्ने – दाहाल
काठमाडौं । कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेतिर नयाँ गठबन्धन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एउटा ठुलो उथलपुथल भयो अब आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन् ।
आज एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका हुन् ।
कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका प्रचण्डले माओवादी जमेको पोखरी जसरी बस्ने होइन, बग्ने नदी जस्तो भएको बताएका छन् । अन्त्यमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा यस्तै नयाँ-नयाँ उथलपुथल भइनै रहन्छ’।
Subscribe
Login
0 Comments


