१२ मंसिर २०८३, शुक्रबार
सशस्त्र प्रहरीका डीएसपी अफिस क्वार्टरमा मृत भेटिए
विराटनगर । सशस्त्र प्रहरीका एक जना डीएसपी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
मोरङको धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोह्रबाघका डिएसपी उपेन्द्र बस्याल आज दिउँसो साढे २ बजेतिर गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
स्थायी घर पाल्पा भए पनि गुल्मपति रहेका ३८ वर्षीय डीएसपी बस्यालको परिवार काठमाडौं बस्दै आएको सशस्त्र प्रहरीले जनाएको छ । घटनास्थलमा मोरङ प्रहरी प्रमुख समेत पुगेका छ । प्रहरीले मृतकका घटनाबारे जानकारी गराइसकेको र अनुसन्धान गरिरहेको जनाएको छ ।
मोरङ सशस्त्र प्रहरी प्रमुख समेत घटनास्थल पुगेका छन् । के कति कारणले घटना भएको भन्ने बारेमा केही भन्न नसकिने प्रहरीले जानकारी दिएको छ ।
Subscribe
Login
0 Comments


