१२ मंसिर २०८३, शुक्रबार

मन्त्रालय बाँडफाँट गर्न नयाँ गठबन्धनको बैठक बस्दै

एसीपी संवाददाता

२२ फाल्गुन २०८०, मंगलवार १०:१२ मा प्रकाशित

नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा सोमबार मात्र एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठनसमेत भइसकेको छ।

तर मन्त्रालय बाँडफाँटका विषयमा निर्णय गर्न बाँकी छ। त्यसका लागि सोमबारै चार सदस्यीय कार्यदल गठन गरिएको छ।

मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् ।

यसअघि सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x