१२ मंसिर २०८३, शुक्रबार
माधव नेपाल निवासमा प्रचण्ड, ओली र पौडेल
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
अध्यक्ष ओली र नेपालबीच केहि समयअघि टेलिफोन संवाद भएपछि मंगलबारबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’लाई साथ लिएर उनकै निवास पुगेका हुन् ।
ओली र नेपालबीच टेलिफोन संवाद भएलगत्तै पुनः प्रचण्डले नेपाललाई अध्यक्ष ओलीसँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओली एमालेका उपाध्यक्ष विष्णु पौडेललाई लिएर नेपाल निवासमा पुगेका हुन् ।
सोमबार (हिजो) पनि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।
नयाँ सत्ता गठबन्धन बनेपछि एकीकृत समाजवादीले सरकारमा जानेबारे कुनै निर्णय गरिसकेको छैन । सीएननेपाल
Subscribe
Login
0 Comments


