आज योग अभ्यास , हिजो सरसफाई , श्रीमती संघको सक्रियता
नेपालगन्ज = नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा योग कार्यक्रम सम्पन्न भएको छ ।
आज बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा योग अभ्यास गरिएको हो । नेपाल प्रहरी श्रीमती संघ बाँके जिल्ला अन्तर्गत संघमा आवद्व सदस्यहरु, कार्यालयका मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा योग अभ्यास सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघ बाँकेको सक्रियतामा अहिले नेपालगन्जउपमहानगरपालिका ,खजुरा,कोहलपुर सहितलुम्बिनी प्रदेश का विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएको हो। 
मंगल्बार नेपाल प्रहरी श्रीमती संग लुम्बिनी प्रदेशको आयोजना तथा जिप्रका बाकेको सहकार्यमा सरसफाइ गरिएको छ । महाशिवरात्रीको अवसरमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१ स्थित धम्बोझी चोकमा रहेको शिव मन्दिरमा नेपाल प्रहरी श्रीमती संग बाँके जिल्ला अन्तर्गत संघमा आवद्व सदस्यहरु, यस कार्यालय तथा मातहत समेतबाट प्रहरी कर्मचारीहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न ।



