१२ मंसिर २०८३, शुक्रबार

वाम एकताको लागि हतार न गरौ – प्रदीप

एसीपी संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार ११:१९ मा प्रकाशित

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकताको विषयमा हतार गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको शुरुवात भनिरहेका वेला उनले त्यसमा हतार गरिहाल्नुनपर्ने बताए। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म एकता नटिक्ने विगतको अनुभव रहेको बताए। उनले अहिले वामपन्थी एकता, सहकार्य र पार्टी एकता लगायतका विषयमा छलफल नै नभएको बताए।

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए। ‘अहिले त हामी यो संसदभित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौँ। सरकार बलियो बनाऔँ, सरकार टिकाउ, सरकारबाट डेलिभरी दिऊँ’, उनले भने,  ‘दलहरूबीच केही नीतिगत भिन्नता छन् । केही भावनात्मक भिन्नता छन्। केही शैलीगत भिन्नता छन्। त्यसमा स्वस्थ बहस चलाउँदै जाऊँ। र त्यो कामले भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रूपमा निकटता ल्यायो भने सुदूर भविष्यको कुरालाई इन्कार गर्न सकिँदैन।’

उनले एमालेले मुलुकमा वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्नेमा स्पष्ट रहेको बताए। ‘हामी त सदैव हाम्रो देशमा मूलतः दुई वटा पार्टी बनून्, एउटा ‘सेन्टर टु राइट’ होस्, एउटा ‘सेन्टर टु लेफ्ट’ होस् । र, एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौँ’, उनले भने, ‘ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवीरणतिर जानैपर्ने हुन्छ । र, त्यो ध्रुवीकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो। अर्को धुव्रको नेतृत्व कांग्रेसले गर्ने हो।’ थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x