१२ मंसिर २०८३, शुक्रबार

स्थानीयको गुनासोका कारण रातिको अवरोध हटाइयो

एसीपी संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार १९:२८ मा प्रकाशित

नेपालगन्जस्थित जमुनाहदेखि भन्सार कार्यालयसम्मको करिब ढेड किलोमिटर क्षेत्रमा रात्रिकालीन आवागमन सहज बनाइएको छ । भन्सारदेखि जमुनाहसम्म राति १० बजेसम्म मात्रै आवागमन हुँदै आएको थियो । जसले गर्दा यस क्षेत्रका बासिन्दालाई रातिको समयमा नेपालगन्ज आवतजावतमा समस्या हुँदै आएको थियो ।

आफ्नै देशमा पनि राति हिँड्डुल गर्न समस्या भएको भन्दै स्थानीयले गुनासो गरेपछि रातिको अवरोध हटाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x