१२ मंसिर २०८३, शुक्रबार
सरकारले साँध्यो राजनीतिक प्रतिशोध, तीन प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णय
काठमाडौं। सरकारले राजनीतिक प्रतिशोध साँधेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेको हो। हाल गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गरेसँँगै कांग्रेस पृष्ठभूमिका प्रदेश प्रमुख हटाएका हुन्।
सरकारले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नाजिर मियाँलाई प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
Subscribe
Login
0 Comments


