१२ मंसिर २०८३, शुक्रबार

गठबन्धन फेरिए पनि कोशी, गण्डकी र सुदूरपश्चिममा कांग्रेसकै सरकार, सभापति देउवालाई भयो ब्रिफिङ

एसीपी संवाददाता

२९ फाल्गुन २०८०, मंगलवार २१:२३ मा प्रकाशित

काठमाडौं। माओवादीले कांग्रेससँगको गठबन्धन तोडे पनि कोशी, गण्डकी र सुदूरपश्चिममा आफ्नो सरकार जोगाउन सकिने बिफ्रिङ पार्टी सभापति शेरबहादुर देउवालाई भएको छ ।

कांग्रेसले नेतृत्व गरिरहेका चार प्रदेश सरकारमध्ये कोशीले तत्काल निरन्तरता पाउने देखिन्छ । त्यसबाहेक लुम्बिनी सरकार एमाले, माओवादी गठबन्धनको बन्ने अवस्था भए पनि गण्डकी र सुदूरपश्चिमममा बहुमत पुग्दैन । कांग्रेस नेता सुरेन्द्र पाण्डे नेतृत्वको गण्डकी सरकार र कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारलाई निरन्तरता दिन सकिने बिफ्रिङ प्रदेश सभापतिहरुले गरेका हुन्।

गण्डकी सरकारबाट माओवादी बाहिरिए पनि राप्रपालाई समेट्दा सरकार जोगिन्छ । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्तिले साथ दिने देखिएको छ भने अब स्वतन्त्र सांसद र राप्रपाको साथ चाहिएको छ । उनी ती दुई सांसदलाई सरकारमा सहभागी गराउन लागिपरेका छन् ।

बिफ्रिङ सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशको अंकगणित अनुसार सरकार बनाउनका लागि आवश्यक पहल गर्न प्रदेश सभापतिलाई निर्देशन दिए।  कांग्रेसका प्रदेश सभापति र मुख्यमन्त्रीहरु सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x