१२ मंसिर २०८३, शुक्रबार

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

एसीपी संवाददाता

१ चैत्र २०८०, बिहीबार २२:५० मा प्रकाशित

काठमाडौं : रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन:अनुरोध गरिएको सरकाले बताएको छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x