१२ मंसिर २०८३, शुक्रबार

१२५० जना भिक्षुसहित भैरहवामा ‘धम्म यात्रा’ हुँदै

एसीपी संवाददाता

२ चैत्र २०८०, शुक्रबार १३:२८ मा प्रकाशित

थाइल्याण्डको धम्मकाय परिवार र बौद्ध समाज, नेपालको संयुक्त आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालादेखि बुद्धचोक हुँदै लुम्बिनीद्वारसम्म यो यात्राको आयोजना गरिएको बिहीवार भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले नेपालको पर्यटन प्रबद्र्धन र बुद्ध धर्मप्रतिको आस्थालाई थप उचाइमा पुर्याउँदै भैरहवास्थित लुम्बिनी द्वारलाई बिश्वमाझ चिनाउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।

‘बोधगायामा बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलस्तुको कुदानमा आउँदा २० हजार भन्दा धेरै भिक्षुको साथमा यही बाटोको रुट हुँदै हिँडेको इतिहासको आधारमा यो कार्यक्रमको आयोजना गरिएको हो’, गाहाले भने, ‘यस कार्यक्रमलाई हरेक बर्ष महोत्सवको रुपमा स्थापित गरि निरन्तरता दिन सकेमा स्वदेशी र बिदेशी पर्यटक आकर्षित भइ आगमन बढ्ने छ ।’

उनका अनुसार, बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलबस्तुको कुदानमा आइ बुवा शुद्धोधन लगायत परिवारलाई भेटेका थिए । भैरहवामा रहेको लुम्बिनी द्वार हालसम्म बिश्वको एकमात्र लुम्बिनीको नामबाट रहेको द्वार हो । १ हजार २५० जना भिक्षुको साथमा थप १ हजार २५० जना उपासक तथा उपासिका र सयौं श्रद्धालु स्वदेशी र बिदेशीको यात्रामा सहभागिता रहनेछ । यात्रामा बाटोमा पुष्प बर्षा गरिने छ । श्रीलंकाबाट ल्याइएको भगवान बुद्धको अस्तुधातुलाई हात्तिमाथि राखेर हिँडाइनेछ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले धर्मको साथसाथमा नेपालको पर्यटन विकासका लागि पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमलाई निरन्तरता दिन जरुरी भएको बताए । ‘आगामी बर्षदेखि यो कार्यक्रमलाई स्थानीय तह वा सरकारले अपनत्व लिएर आयोजना गर्न जरुरी छ’, श्रेष्ठले भने, ‘यो कार्यक्रमलाई बार्षिक क्यालेण्डरमैं समावेश गर्नुपर्छ ।’

यस्ता कार्यक्रममा सहभागी हुन आउने स्वदेशी तथा बिदेशी पर्यटकका कारण गती लिन नसकेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनका लागि पनि दवाव तथा नैतिक बल पर्ने भनाइ उनको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x