१२ मंसिर २०८३, शुक्रबार

अबैध ब्रोईलर कुखुराको चल्ला बरामद

एसीपी संवाददाता

३ चैत्र २०८०, शनिबार २०:०८ मा प्रकाशित

आज प्रहरीले अबैध रूपमा भारतबाट ल्याएको कुखुरा बच्चा बरामद गरेको छ । नेपालगंजको बिभिन्न स्थानमा अबैध रुपमा कुखुराको चल्ला लेजादै गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ने.ग.उ.म.न.पा.२० राझाँ, ने.ग.उ.म.न.पा.१८ भुजईगाउं र डुडुवा गा.पा. ६ हिरमिनिया बाट बरामद गरेको हो ।  प्रहरीले  चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ब्रोईलर कुखुराको बच्चा ल्याउदै गरेको अवस्थामा ५९ पेटी (५९०० गोटा) अन्दाजी मुल्य रु.५,९०,०००-। (पाँच लाख नब्बे हजार) र ढुवानीमा संलग्न अटोको अंन्दाजी मुल्य रु. ६,५०,०००-। (छ लाख पचास हजार) गरि जम्मा मुल्य रु.१२,४०,०००-। (बाह्र लाख चालिस हजार) बराबरको अबैध कुखुराको बच्चा फेला पारी ढुवानीमा संलग्न अटो र मानिस सहित आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरी कार्यालयले जनाएको हो । साथै ने.ग.उ.म.न.पा. १८ कारकाँदो स्थित अबैध रुपमा भारतबाट ल्याएको माछा ८ के.जि. अन्दाजी मुल्य रु.२४,००।– बराबरको माछा बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x