१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

एसीपी संवाददाता

४ चैत्र २०८०, आईतवार ०८:३७ मा प्रकाशित

वीरगञ्ज– डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो वीरगञ्जमा सुरु भएको बैठकमा अध्यक्ष राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका छन् ।

पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार जारी बैठकले पार्टीको आगामी कार्यनीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिरहेको छ ।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागी रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x