१२ मंसिर २०८३, शुक्रबार

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

एसीपी संवाददाता

१७ चैत्र २०८०, शनिबार ०९:२९ मा प्रकाशित

चितवन– त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ गुडेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

ट्याक्सीमा कति यात्रु सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x