१२ मंसिर २०८३, शुक्रबार

नेपालगञ्जमा दन्त चिकित्सकहरुको क्षेत्रीय कार्यशाला

एसीपी संवाददाता

१७ चैत्र २०८०, शनिबार ०९:३२ मा प्रकाशित

नेपालगञ्ज । दन्त चिकित्सकहरुको पहिलो क्षेत्रीय कार्यशाला एवम् प्रत्यक्ष सहभागितामूलक कार्यक्रम नेपालगञ्जमा सुरु भएको छ ।

मुख तथा दन्त स्वास्थ्य सेवाका सवालमा विभिन्न जानकारी आदानप्रदान गर्न कार्यशालाको आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा. प्रतिक श्रेष्ठले जानकारी दिए । कार्यशालाको वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. बिनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा. श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै डा. थापाले यसखाले कार्यक्रम निरन्तररुपमा गरिराख्न आयोजकलाई सुझाव दिए । चिकित्सकहरूबीच अनुभव आदानप्रदान, विचार विमर्श तथा अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान, सीप र धारणा प्रत्यक्ष सहभागितामूलक कार्यक्रमका माध्यबाट आदानप्रदान गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खल्ने आयोजकले विश्वास लिएको छ ।

दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि यन्त्र, उपकरण लगायतका कुरामा सम्मेलनमा चर्चा हुने एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा दन्त चिकित्सासम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको छ।

आयोजकका अनुसार कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता छ । कार्यक्रममा डा. सुमन गौतम, डा. श्यामकुमार महर्जन र डा. मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x