१२ मंसिर २०८३, शुक्रबार

व्यवसायीको अपहरणपछि हत्या आरोपमा माओवादी नेता कालीबहादुर खाम १५ वर्षपछि पक्राउ

एसीपी संवाददाता

२१ चैत्र २०८०, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौं।  नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ।

०६५ मा काठमाडौंमा व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा अभियुक्त रहेका माओवादीका पूर्वलडाकुसमेत रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खाम पक्राउ परेको पुष्टि गरे।

१५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। तर, २८ वैशाख २०६५ बिहान नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । उक्त घटनापछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाएपनि उनी फरार थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x