१२ मंसिर २०८३, शुक्रबार

बाँकेका प्रमुख, प्रहरी उपरीक्षक बाेहरालाई काज सरूवा

एसीपी संवाददाता

२३ चैत्र २०८०, शुक्रबार २३:०४ मा प्रकाशित

बाँकेको जिल्ला प्रहरी कार्यालयका  प्रमुख , प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराको काज सरुवा गरिएको छ  । प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेका प्रमुख, प्रहरी उपरीक्षक बाेहरालाई काज सरूवा गरेकाे हाे ।

प्रधान कार्यालयले विवादित बनेका प्रहरी प्रमुख बोहराको मधेस प्रहरी कार्यालयमा काज सरुवा गरेको छ भने एसपी तुलबहादुर कार्कीलाई काज सरुवा गरेर बाँके पठाएको छ । यसका साथै अन्य ६ जिल्लाका एसपीहरुको पनि अवधि नपुग्दै काज सरुवा गरिएकाे छ ।

प्रहरी उपरीक्षक बाेहराले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार लेखेको कुरामा धम्कि दिदा  विभिन्न पत्रकार संगठनले बिरोध जनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x