१२ मंसिर २०८३, शुक्रबार

गण्डकीमा वाम गठबन्धनले मिच्यो संविधान, सभामुख पदको दुरुपयोग भएपछि सर्वाेच्च जाँदै कांग्रेस

एसीपी संवाददाता

२६ चैत्र २०८०, सोमबार ०८:२६ मा प्रकाशित

पोखरा। गण्डकी प्रदेशमा वाम गठबन्धनले संविधान मिचेको छ।

गठबन्धन हेरफेरपछि कांग्रेस नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। राप्रपाको सहयोग विना कांग्रेस वा गठबन्धन कसैको पनि सरकार नबन्ने बरु प्रदेशको ठूलो दलको हैसियतले नयाँ प्रक्रियाबाट पाण्डेले नै एक महिना अल्पमतको सरकार चलाउन सक्ने स्थिति थियो।

तर, गठबन्धनले नयाँ सरकार गठनमा सभामुखको पनि हस्ताक्षर दुरुपयोग गरेर एमालेका खगराज अधिकारी अधिकारीलाई मुख्यमन्त्री बनाइएको छ।

जुन सर्वाेच्च अदालतको नजिर विपरीत छ। अघिल्लो पटक कोशीमा पनि सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनाइएको थियो। तर, सर्वाेच्चले प्रस्ट भनेको छ, सभामुखले सरकार गठनमा सहभागी हुन मिल्दैन। र, कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक घोषणा भएको थियो।

अहिले पनि गण्डकीमा त्यही नियति दोहोर्याइएको हो। एमालेका २२, माओवादी ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनमा गण्डकीमा अधिकारीलाई मुख्यमन्त्री बनाइएको हो। जसमा सभामुखलाई पनि समावेश गराइएको छ।

गठबन्धनले संविधान मिचेपछि कांग्रेस सर्वाेच्च अदालत जाने भएको छ। कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी रहेको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x