१२ आश्विन २०८३, सोमबार

एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेटको उपाधि नेपाललाई

एसीपी संवाददाता

२६ चैत्र २०८०, सोमबार ०८:५४ मा प्रकाशित

काठमाडौं  ।  भारतमा आयोजना भएको एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा गुजरातलाई १८ रनले पराजित गरेको हो ।

आज भएको फाइनलमा पहिलो ब्याटिङ गर्दै नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४, आशिफ शेखले ३४, कुशल मल्ल ३१ रन बनाए ।

नेपाल यो जितसँगै एसीसी प्रिमियर कप खेल्न भारतबाट सिधै ओमान जानेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x