१२ मंसिर २०८३, शुक्रबार

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

एसीपी संवाददाता

२७ चैत्र २०८०, मंगलवार ०९:१३ मा प्रकाशित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त भएकी छिन् ।

सभामुख भीम भण्डारीले नाउपाकी समानुपातिक सांसद गिरी पदमुक्त भएको आज सूचना टाँस गरेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई समानुपातिक सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेश सभामा दर्ता गराएपछि सभामुखले गिरीलाई पदमुक्त गरेका हुन् ।सभामुख भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपाका संस्थापक रेशम चौधरी पक्षकी गिरीलाई श्रेष्ठले सरकारलाई समर्थन गर्ने विषयकै कारण समानुपातिक सांसदबाट हटाउन पत्र लेखिकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x