७ कार्तिक २०८१, बुधबार

वाम गठबन्धन माघ नकट्ने, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा

एसीपी संवाददाता

८ बैशाख २०८१, शनिबार २३:५२ मा प्रकाशित

काठमाडौं। एमाले, माओवादीसहितको गठबन्धनभित्र तीव्र मतभेद छ। प्रदेशमा भागवण्डालाई लिएर एमाले,माओवादी र एकीकृत समाजवादीबीच मतभद छ। यो गठबन्धनले स्थायित्व दिन नसकेको भन्दै आलोचना पनि भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन माघ महिना नकट्ने घोषणा गरेका छन्।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जताकोअघि भन्न सक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईँहरूको बीचमा फेरि जवाफ दिन आउनेछु ।’

चुनावको अगाडि गठबन्धन जनतालाई धोका रहेको उनले स्मरण गराए। थापको भनाइ छ, चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x