७ कार्तिक २०८१, बुधबार

संकटमा लुम्बिनी प्रदेश सरकार, जसपा बाहिरिएपछि अफ्ठेरोमा मुख्यमन्त्री महरा

एसीपी संवाददाता

१० बैशाख २०८१, सोमबार ११:१० मा प्रकाशित

दाङ। गठन भएको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। गठबन्धनमा आवद्ध दल जसपाले सरकार छाडेपछि मुख्यमन्त्री जोखबहादुर महरा अफ्ठेरोमा परेका हुन्।

उनी एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा २३ चैतमा मात्र मुख्यमन्त्री बनेका थिए। तर, तीन सांसद रहेको जसपा सरकारबाट बाहिरिएपछि उनी दबाबमा परेका हुन्।

जसपाबाट मन्त्री रहेका भण्डारीलाल अहिरले आइतबार राजीनामा दिएका हुन् । कृषि तथा भूमि व्यवस्था  मन्त्रालय सम्हालेका उनले पार्टीले राजीनामा दिन निर्देशन दिएपछि मन्त्री पदबाट राजीनामा दिएको बताए ।

मुख्यमन्त्री महराले ४८ जना सांसदको विश्वासको मत पाएपनि जसपाले छाडेपछि अब अन्य दलले पनि साथ छोड्ने सम्भावना बढेको छ। यहाँ सरकारलाई समर्थन गरेको अर्काे दल नागरिक उन्मुक्ति हो। नागरिक उन्मुक्तिका सांसद संरक्षक रेशम चौधरीतिर छन्।

रेशम वर्तमान गठबन्धनसँग सन्तुष्ट छैनन्, त्यही भएर नागरिक उन्मुक्तिले जुनसुकै बेला सरकार छाडेमा मुख्यमन्त्री महरा अल्पमतमा पर्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x