७ कार्तिक २०८१, बुधबार

बाकेमा गौ हत्याको बिरोध गर्दै ज्ञापन पत्र

एसीपी संवाददाता

१० बैशाख २०८१, सोमबार २०:०४ मा प्रकाशित

रिसब सिंह बाडिया नेपालगन्ज – नेपाल्गन्जमा भएको गौ हत्याको बिरुद्ध ऱ दोषीलाई कार्यवाहीको माङ गर्दै आज ज्ञापन पत्र बुझाईएको छ ।  राष्ट्रीय एकता अभियान द्वारा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेल लाई ज्ञापन पत्र बुझाएको  हो ।  राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक राजकुमार रौनियार को नेतृत्वमा कार्यालय पुगेर ज्ञापन पत्र  दिदै दोषी लाई कार्यवाहीको माङ गरेका हुन । उक्त टोलिमा राष्ट्रिय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादव को उपस्थिति रहेको थियो  । नेपालगंज उपमहानागरपालिका वडा नंबर १४ बाबूगाऊँ स्थित रहेको मेरो प्लानेट पार्क पछाड़ी को खेतमा गाई कटेरा फालेको अवस्थामा गाई फेला परेको थियोे ।
घटना स्थलमा बाँकेक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल , जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख उपरीक्षक तुल बहादुर कार्की , नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट सहितको टोलि घटना स्थलको निरीक्षण समेत गरेको थियोे  । प्रहरीले निरन्तर सुरक्षा दिदा पनि  एक समुदायका ब्याक्तिहरु माथी आरोप लाग्ने गरेको र केहि अपरधिक ब्याक्तीका कारण नेपालगन्जमा हिन्दु मुस्लिम एकतामा खलल पुर्‍याउने काम भएको हो । यस्ता कार्यलाई रोक्ने प्रशासनले थप कडा कदम उठाउनु पर्ने आवश्यकता रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x