१२ मंसिर २०८३, शुक्रबार

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

एसीपी संवाददाता

१५ बैशाख २०८१, शनिबार ०८:३८ मा प्रकाशित

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडकखण्डको काम सुरु भएको ६ वर्ष पुगेको छ।

बुटवल–नारायणगढको सडक सहरी भेगमा ६ लेन र जङ्गली क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पुग्न सकेको छैन।

पानी पर्यो हिलो, घाम लाग्यो धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या हो। काम सुरु भएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको बताइएको थियो। त्यस लगतै कोभिड महामारीले सडकको कामलाई असर गर्यो। अहिले पूर्व र पश्चिम खण्डका केही ठाँउमा कालोपत्रे सुरु भएको छ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी / खबरहब 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x