१२ मंसिर २०८३, शुक्रबार

सिटिजन्स बैंकद्वारा फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन हस्तान्तरण

एसीपी संवाददाता

१८ बैशाख २०८१, मंगलवार ०६:३१ मा प्रकाशित

नेपालगञ्ज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालगञ्जको फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन निःशुल्क उपलव्ध गराएको छ ।

विगत १७ वर्षदेखि नेपाली सर्वसाधारण ग्राहक वर्गको घरदैलोमै बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिलाई मेसिन उपलव्ध गराएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसकुमार काफ्लेले जानकारी दिए ।

फातिमा फाउण्डेशनको कार्यालयमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकीलाई सिलाई मेसिन हस्तान्तरण गरे । त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सानो सहयोगबाट महिलाहरुको आर्थिक जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले देशैभरका आप्mना १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईवाट १७ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षभित्र सात वटा शाखा थप गर्नुका साथै ६० जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत काफ्लेले बताए ।

सिलाई मेसिन हस्तान्तरण समारोहमा बैंकका कलस्टर प्रमुख विनय गौतम, नेपालगञ्ज शाखा प्रमुख गोविन्ददेव पन्त, कोहलपुर शाखा प्रमुख दिनेशकुमार ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x