१२ मंसिर २०८३, शुक्रबार
जुनसुकै पालिकाका अशक्त र गरिवको काठमाडौं महानगरले नि:शुल्क उपचार गरिदिन्छ: मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशभरका जुनसुकै स्थानीय तहका अशक्त तथा गरिब नागरिकले काठमाडौंमा नि:शुल्क उपचार पाउने बताएका छन् ।
सामाजिक सन्जालमा मेयर बालेनले लेखेका छन्-” नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ आवद्ध छन् । त्यहाँ बिरामीको आबश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।”
मेयर बालेन सिफारिस लिएर आउन अनुरोध गर्दै तपाईंको टोल, छिमेक वा आफन्तहरु यो वर्गमा पर्ने भए खबर गरिदिन समेत आग्रह गरेका छन् ।
बालेनले त्यस्ता बिरामीहरुले टोली फ्री ११८० वा सिधै काठमाडौं महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
Subscribe
Login
0 Comments


