१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा पोखरा र काठमाडौ भन्दा पनि बढी संभावना

श्रीराम सिग्देल

१९ बैशाख २०८१, बुधबार ०९:१७ मा प्रकाशित<

नेपालगन्ज –  पर्यटकीय दृष्टिकोणले बाँकेको नेपालगन्ज देशका ठुला सहर पोखरा र काठमाडौ भन्दा पनि बढी संभावना बोकेको सहर हो । पोखरा, काठमाडौंको छिमेकमा न २४ करोड मानिस बस्छन न उनिहरु सङ्ग खुला नाका छ ।
भारत सङ्ग केही गुनासा होलान तर हाम्रो भुगोल सङ्ग जोडिएको भारतको सबै भन्दा ठूलो प्रान्त , त्यहाँ रहेको २४ करोड जनसंख्या , खुला सिमाना र नाकाको सहि सदुपयोग गर्न सक्ने हो भने नेपालगन्जलाई देशको प्रमुख आर्थिक सहर बनाउन सकिन्छ ।
समग्र भारत अनि भारतको उत्तर प्रदेशलाई नेपालगन्जको पर्यटन त्यसमा पनि नेपालगन्ज हुँदै हुने धार्मिक पर्यटनलाई जोड्ने गुरु योजना हामी सङ्ग हुनु पर्दछ । बागेश्वरी ,कैलाश मानसरोवर ,
,मुक्तिनाथ ,पशुपति नाथ , लुम्बिनी लगायतका अन्य तिर्थस्थल दर्शनका लागि नेपालगन्ज गन्तव्य र ट्रान्जिट दुबै हुन सक्छन । धार्मिक पर्यटन का अतिरिक्त अन्य सबै खालका पर्यटनको पनि उत्तिकै अवसर नेपालगन्ज सङ्ग छ । देशमा अन्यत्र नचलेका अन्तर्राष्ट्रिय विमानस्थल पनि नेपालगन्ज मा चल्न सक्छ । पुर्वाधार सङ्गै रणनीति बनाए भारतबाट बर्सेनि १० लाख पर्यटक नेपालगन्ज भित्र्याउन सकिन्छ ।
कल्पना गरौं वर्षेनी १० लाख पर्यटक नेपालगन्ज भितृदै गर्दा नेपालगन्जले के के पाउन सक्छ ?
भारतीय पर्यटक लाई सम्मान गरौं , अतिथि देवो भव : को भावना बाट काम गरौं ।  नाट्टा बाँके का च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले आफ्नो समाजिक संजालमा पोस्ट गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x