चीनले माओवादी महासचिव गुरुङलाई के सन्देश दिएर पठायो ?
काठमाडौं। चीन पछिल्लो पटक नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी चासो राख्दै आएको छ। नेपालमा सरकार गठनदेखि कम्युनिष्ट गठबन्धन बनाउन चीन सकेसम्म खेल्न खोज्छ।
गत फागुनमा मात्र एमाले, माओवादीसहितको वाम गठबन्धन बनेपछि माओवादीका महासचिव देवप्रसाद गुरुङ चीन भ्रमणमा पुगेका थिए। चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा माओवादी नेताहरु चीन पुगेका थिए। त्यहाँ चिनियाँ उच्च अधिकारीहरुले के सन्देश दिएर पठाए भन्नेबारे महासचिव गुरुङले खुलाएका छन्।
उनका अनुसार ३० जनाले १० दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थिए। ‘उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ,’ गुरुङले बुधबार बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बताएका छन्। भ्रमणको क्रममा उनीहरुले चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागको प्रमुखलगायत उच्च तहमा भेट गरेका थिए।
चीनको सन्देश लिएर नेपाल फर्किएपछि गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने दाबी गरे। ‘संसदको बाँकी समयसम्म यही समिकरण जान्छ। यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समिकरण यो संसदको बाँकी समयसम्म जान्छ,’ उनले भने।


