१२ मंसिर २०८३, शुक्रबार
सभापती देउवा र डा. शेखरको काग्रेस भित्र दुइ अलग रणनीति
ओम आचार्य
अहिले नेपालको राजनीति कति खेर कुन कुन दल संग गठवन्धन गर्दै सरकार निर्माण हुन्छ ! त्यो राजनीतिक दलका प्रमुख र सरकारको नेतृत्वमा पुग्ने दलले पनि अनुमान गर्न सक्तैनन! यो परिस्थिती रा स्व पा बाट गृहमन्त्री हुन पुगेका रवि लामिछानेको गृहमा प्रवेश संगै यस्तो घटना क्रम सुरु भएको हो ! काग्रेसले छानविन समीति नबनुन्जेल संसद चल्न नदिने उदृघोष गरिसकेको छ ! यस्को वचावमा वर्तमान गठवन्धन सरकार लग्नुको पछाडी आफ्नो गठवन्धन टिकाउनु रहेको छ! “म राजिनामा दिन्छु “यदी छानबिन समीति बन्ने हो भने भन्ने रवि लमािछाने को अभिव्यक्ती नै छानबिन समीति नबनेको हो!छानबिन समीति वन्यो भने सरकार तुरुन्त ढल्ने स्थिती छ ! र गठवन्धन यो चाहान्दैन! 

राजनीति अस्थिरताको मुल यही हो ! यही मुल भित्र धेरै राजनीति शाखाहरु आफ्नो राजनीति अभिष्ट पुरा गर्न लागेका छन ! यौटा वर्तमान गठवन्धन यो मुललाइ दरो पकडेर उखेल्न चाहादैन र आफ्नो शाशकिय सत्ता निरन्तर अगाडी बडाउन चाहान्छ! अर्को काग्रेस र अन्य केही राजनीति दल यो मुल नउखली वर्तमान गठवन्धन भंग नहुने र यसो हुदा आफ्नो दल सत्तामा आरोह नहुने देख्छन !
अहिलेको गठवन्धनलाइ सबै भन्दा ठुलो डर काग्रेसको रहेको छ ! कुनैपनि बेला सरकार गिर्न सक्छ ! तर काग्रेस भित्रै दुइ धार निर्माण भइरहेको अवस्थाले सरकारको आयु लम्बिन्दै गएको छ !
काग्रेस भित्र देउवा र कोइराला
काग्रेस भित्र कोइराला र देउवा अलग अलग रणनीति अख्तियार गरिरहेका छन ! कोइराला समुह एमाले संग गठवन्धन गरेर अगाडि बडन चाहान्छ ! कोइराला समुह यसरी बडदा संविधान संशोधन गरेर निर्वाचन जाँदा कुनै पनि दलले बहुमत ल्याउन अधिक सम्भावना हुन सक्छ र स्थिर र शुशासन दिन सक्छ! विकास हुन सक्छ ! अहिलेको संविधानमा भएको समानुपातिक र निर्वाचन प्रणाली नसुधारे सम्म मुलुक यस्तै अस्थिर रहिरहने हुदा एमाले संग गठवन्धन गर्नु काग्रेसको लागी राष्ट्रिय हित देखिने कोइराला समुहको ठहर छ!
एमाले बाट यस विसयमा कुनै खास अधिकारिक रुपमा कुनै कुरा बाहिर आएको छैन ! एमाले डा.शेखरले भने जस्तै संविधान संशोधन गर्न चाहान्छ त ? यस्मा विगत एमालेको पृष्ठभुमी हेर्दा डा. शेखर कोइरालाले जसरी सहज रुपमा लिएका छन त्यस्तो हुने देखिन्दैन ! अहिले देखिएका दल भित्र ति दल भित्रका शिर्ष नेताहरुले उठाउन नसकेका विसय डा. शेखरले उठाउनु निस्चयनै गणतन्त्रकोलागी वर्तमान संबिधानकोलागी संजिवनी हुन सक्छ! अहिले राजनीतिक अस्थिरताकोलागी सबै दलहरु सत्ता आरोह कै लागी मात्र गठवन्धनको कुरा गरिरहेकाछन! गठवन्धन के को लागी र किन यस्को स्पस्ट खाका योजना छैन !यस्तो प्रकारको गठवन्धन ले देशको मुहार फेरिन्दैन फेरिन्छ त मात्र सरकारमा पुगेका र त्यस दलको ! यो विसयमा मा डा. शेखरले गठवन्धन को उपयोगिता र किन गठबन्ध गर्ने भन्ने विसयमा स्पस्ट मार्गचित्र प्रस्तुत गरेका छन! ढिलो चाडो सबै दल अन्तत डा. शेखरको मार्गचित्रमा हिडनै पर्छ ! जसरी काग्रेसको अर्थात कोइराला समुहको आएको छ!एमाले ले काग्रेस भित्र काग्रेसको केन्द्रिय समीति भित्र देउवाको वर्चस्व रहेको र देउवाले यसरी एमाले संग गठवन्धन गर्ने विसयमा आवस्यक पहल नगरेको कारणबाट पनि एमाले काग्रेस संग गठवन्धन गर्ने विसयमा हचकिएको उदासिन रहेको हुन सक्छ! कारण त्यो गठवन्धन पनि कति दिगो र टिकाउ हुन्छ यस्मा एमाले ले संसय देख्छ ! शेखर कोइरालाले एमाले संग गठवन्धन गर्ने विसयमा सम्वाद गरिरहेको अवस्थामा भोली एमाले संग गठवन्धन भएमा आफु छायामा पर्ने देखेकोले नै देउवा यो रणनीतिमा नभएको हुन सक्छ!
सायद यही स्थितीको आंकलन गरेर सभापति देउवा काग्रेस संग भएको यो भन्दा अघिल्लो गठवन्धन व्युताएर आफु सुरक्षित रहन चाहान्छन! यस्को लागी चाहे माधव नेपाल नै
प्रधानमन्त्री स्विकार्नु किन नपरोस !
शेखर कोइराला समुह यो अवस्था स्विकार्न चाहादैनन ! प्रचणड सम्मिलित सरकारको कोइराला समुह सुरु देखीनै विपक्षमा देखिन्दै आएका छन ! यही विधमान अवस्थाले वर्तमान सरकारको आयु केही दिन लम्बिन्दै गएको भन्नु पर्छ!
! काग्रेस भित्र संस्थापन र संस्थापन इतर समुह को योटै विचार यौटै रणनीति र गठवन्धनको विसयमा स्पष्ट एक विचार आए गठवन्धनको सरकार क्षणभर मै भताभुग हुन्छ ! यस्तो अवस्था निर्माण भए रवि लामिछानेको विसय सत्ता परिवर्तनको लागी कुने अर्थ राख्दैन!
Subscribe
Login
0 Comments


