१२ मंसिर २०८३, शुक्रबार

गृहमन्त्री विरुद्ध छानबिन समितिको प्रतिवेदन

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०७:३५ मा प्रकाशित

काठमाडौं। रास्वपा सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको पुष्टि भएको छ।

पोखरा महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनले लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको हो।

पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा एक करोड ऋण गएको पाइएको हो। पोखराका मेयर धनराज आचार्यले बिहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका छन्।

प्रतिवेदनअनुसार २०७८ जेठ ३ र असार ९ गते मेघा बैंकको चेकबाट कबाट गोर्खा मिडियाको नाममा ५०र५० लाख रुपैयाँको एकाउन्ट पे चेक काटिएको थियो ।

पेश्की लिएको त्यो एक करोड रकम टीभीका प्रबन्ध निर्देशक तथा सञ्चालक (१५ प्रतिशत शेयर भएका) रविको नाममा ऋण लिएर मिलान गरिएको छ ।

लामिछानेले २०७९ असारमा टीभी छाडेर राजनीतिमा आए । पछिल्लो समय जीबी राई र उनको समूहले चलाएको सहकारी संकटमा परेपछि लामिछानेमाथि समेत प्रश्न उठ्यो।

जीबी राईको समूहले सञ्चालन गरेको सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x