१२ मंसिर २०८३, शुक्रबार

जमुनाहा स्थित नेपाल-भारत सीमा नाका ३ दिनका लागि बन्द

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०७:४१ मा प्रकाशित

बाँके । बाँकेको जमुनाहा स्थित नेपाल-भारत सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ ।

भारतको उत्तरप्रदेश स्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।

शुक्रबार राती १० देखि बैशाख ३१ गते राति १२ बजे सम्म सीमा नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी गराए ।

उनका अनुसार खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x