१२ मंसिर २०८३, शुक्रबार

गृहजिल्लामा किन कमजोर बने ईस्तियाक

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०७:४५ मा प्रकाशित

नेपालगञ्ज । पार्टी विभाजनमा महत्वपूर्ण भूमिका खेलेर जसपा पार्टी गठन गरी महासचिव बनेका बाँकेका मो. इस्तियाक राईले आफ्नै जिल्लाका प्रभावशाली नेताहरुको साथ पाएनन् । जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य एवम् बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह राईलाई साथ नदिएर उपेन्द्र यादवकै पक्षमा खुलेका छन् ।

उनीहरुले आज छुट्टाछुट्टै विज्ञप्ती निकालेर आफूहरु उपेन्द्रसंगै रहेको प्रष्ट्याउँदै उपेन्द्रकै पक्षमा एकताबद्ध हुन आह्वान समेत गरेका छन् । जिल्लाका नेताहरुको साथ पाउने अपेक्षा गरिएका बेला प्रभावशाली नेताहरुले नै साथ छाडेपछि राई अप्ठेरोमा परेका छन् ।
हेर्नुस् विज्ञप्ती

Kamarudin-Rai-Stetment-01---28-1715346839.jpegistiyak-Amahad-Shaha-1715351213.jpeg

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x