१२ मंसिर २०८३, शुक्रबार

स्रोत नखुलेको करिब सात लाख रुपैयाँसहित एक युवकलाई पक्राउ

एसीपी संवाददाता

३१ बैशाख २०८१, सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

उनका अनुसार भारतबाट प्र.२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्युँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेका राइनलाई मटिहानी–७ स्थित पुल नजिकै खटिएको प्रहरीले शंका लागेर जाँच गरेको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x