१२ मंसिर २०८३, शुक्रबार

डाँका चोरीमा संलग्न व्यक्तिहरु पक्राउ , थप अपराधी खोज्दै प्रहरी

एसीपी संवाददाता

१ जेष्ठ २०८१, मंगलवार ०८:२९ मा प्रकाशित

डाँका चोरीमा संलग्न व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बाँके जानकी गा.पा. वडा नं. ४ जानकीनगर स्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि तत्काल नामथर वतन नखुलेका ७/८ जना मानिसहरुले ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जना परिवारलाई कपडाले मुख छोपी हात बाधेर घर भित्र रहेका सुनका गरगहना, मोबाईलहरु, पसलमा रहेका सामानहरु र नगद समेत लुटपाट गरी भागेका व्यक्तिहरुको सम्बन्धमा प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोलि परिचालन गरिएकोमा बिस्तृत अनुसन्धान पश्चात निम्न संदिग्ध व्यक्तिहरु पक्राउ गरिएको।
भारत उत्तर प्रदेश जिल्ला बहराईच थाना खैरीघाट नमावङगला बस्ने बर्ष ५५ को मनेश्वर गोडिया ,  ५२ को कुलेराज कुर्मी
उल्लेखित ब्यक्तिहरुलाई सम्मानित बाँके जिल्ला अदालतबाट दिन ३ म्याद लिई थप अनुसन्धान भईरहेको।
उल्लेखित घटनामा संलग्न थप दुई जना संदिग्ध व्यक्तिहरुको पहिचान भई खोजतलास भईरहेको।
उल्लेखित घटना भन्दा अगाडी घटेका यस्तै प्रकृतिका डाँका चोरीको घटनामा पनि निजहरुको संलग्नताको सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x