१२ मंसिर २०८३, शुक्रबार
आन्दोलनरत आम सम्पर्क मञ्च संग बल्ल सरकारले वार्ता
काठमाडौं – भन्सारको लूटकारी प्रावधान विरुद्ध आन्दोलनरत आम सम्पर्क मञ्च संग बल्ल सरकारले वार्ता शुरू गरेकोछ । भन्सार बिभागमा आज शुरू भएको वार्ता खासै फलदायी हुन सकेन । आजको वार्तामा सिर्फ विषय प्रवेश भई सामान्य छलफल भएको र भोली ३ बजे पुनः बस्ने सहमती भएकोछ । उक्त वार्तामा सरकारको तर्फबाट महानिर्देशक सहितको टोली र आन्दोलनकारीको तर्फबाट आजपाको उपाध्यक्ष तिलक थापा, प्रवक्ता चन्द्रभूसन साह, संघर्ष समितिको संयोजक रन्जु कुमारी सहितको टोली रहेको थियो । आम सम्पर्क मञ्चले घोषणा गरेको चौथो चरणको आन्दोलन अन्तरगत जेठ २० गतेदेखि शुरू भन्सार विभाग घेराउ आज पनि जारी रहयो ।
Subscribe
Login
0 Comments


