१२ मंसिर २०८३, शुक्रबार
प्रधानमन्त्री प्रचणड चेपुवामा पर्दै अन्तत राजीनामा दिने स्थितीमा पुग्ने?
ओम आचार्य
अहिलेको राजनीती घटनाक्रम जसरी विकसित भैरहेको छ त्यसमा प्रचण्ड कमजोर र निरिह वन्दै गइरहेका छन ! रवि लामिछानेको विसयमा जोडिएको सहकारीको सन्दर्भ मा छानविन समिती नवने सम्म संसद चल्न नदिने काग्रेसको अडान यथावत छ भने अर्को तिर काग्रेसले आत्माहत्या गर्छु भने पनि छानविन समीति वन्दैन भनेर एमाले ले भन्न थालेको छ!यस्तो चेपुवामा प्रचण्ड परेका छन ! यसरी संसद अवरुध्द भइरहदा सरकारमा सम्मिलित दल एमालेको रवि लामिछाने सन्दर्भको रणनीति भने सरकारको नेतृत्व लिन पुगेका प्रचणडलाइ असफल वनाएर सरकारबाट वहिर्गमन गराउने रहेको देखिन्छ ! त्यो वहिर्गमन पनि राजिनामा गराउने बाध्यत्मक अवस्थामा पुर्याएर नै छाडने एमालोको अहिलेको प्रस्तुती बाट देखिन्छ! अहिलेको गठवन्धन छोडेर माओवादी काग्रेससंग गठवन्धन गर्ने अवस्था पनि काग्रेसमा देखिन्दैन ! काग्रेस भित्र डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर माओवादी संगको गठवन्धन को सुरु देखिनै विरोध गर्दै आइरहेको छ ! यो समुह भित्र संस्थापन भित्रकै केही सांसद डा. शेखरको यो विचारमा सहमती राख्न थालेका छन !
डा. शेखर काग्रेस भित्र मात्रै हैन माओवादी र एमाले लगायत अन्यदल भित्र पनि आफ्नो निर्णायकत्व भारी पार्दै आएका छन ! काग्रेसमा डा.शेखर लाइ अव को नेतृत्व शेखरको हातमा देख्दै छन! यस्तो परिस्थिति मा प्रचण्डसंग काग्रेसको कुनै हालतमा गठवन्धन नहुने आंकलन गरेर नै के पी ओलीले रवि लामीछानेको विसयमा सरकारमा सम्मिलित दल भएपनि प्रधानमन्त्री को भन्दा फरक विचार प्रस्तुत गर्दै आइरहेका छन! एमाले छानविन समीति कुनै हालतमा वन्न नदिने र काग्रेस छानविन समीति नबने सम्म संसद चल्न नदिने मौजुदा अवस्थामा प्रधानमन्त्री प्रचण्डको सरकार चेपुवामा पारेर असफल पार्दै राजिनामा गराउन बाध्य पार्ने अवस्था पैदा गर्ने
एमाले छ!
एमालेले माओवादीसंगको गठवन्धन भंग गर्न चाहादैन! नचाहानुका कारण भोली जनतामा एमाले ले धोखा दियो भन्ने ठाउ नरहोस भनेर नै प्रचण्डलइ राजिनामा गराउने परिस्थिती निर्माण गर्नु नै एमालेको राजनीतिक उध्देश्य देखिन्छ!
राजनीति घटनाक्रम यसरी अगाडी बडिरहदा सरकार वनाउने खेल फेरी सुरु हुने ! अव सरकार वन्दा नयाँ समिकरण अर्थात नयाँ गठवन्धन हुने छ ! नयाँ गठवन्धन भनेको एमाले र काग्रेस को हुने देखिन्छ! यस्तो गठवन्धन अहिले काग्रेस भित्र डा. शेखरले उठाएको विचारनै स्थापित हुने आंकलन गरिन्दै गर्दा यस्तो गठवन्धन हुने छ भन्नु पर्ने हुन्छ!
केही दिन पुर्व एक अन्तरवार्ता मा ड. शेखरले संसदिय दलमा पनि आफ्नो बहुमत पुग्ने अवस्था विकसित हुदै गएको वताउदा र नयाँ गठवन्धन वन्ने परिस्थिती निर्माणले भोली अव वन्ने गठवन्धन सरकारको नेतृत्व डा. शोखर ले गर्ने अवस्था आउन सक्छ !यो अवस्था डा. शेखरले उठाएको संविधान सं शोधन त्यसमा भएका जटिलताहरु निर्वाचन प्रकृया समानुपातिक विसय नै हुन !आफ्नो नेतृत्वमा जुन सहजता उनलाइ हुन्छ त्यो एमालेको नेतृत्व नहुन सक्छ! एमालेको नेतृत्वमा सरकार हुदा भोली यदी संविधान संशोधनको मुध्दा ओझलमा पर्यो भने डा. शेखरको सत्त्तामा पुग्ने सिढी रैछ संविधान संशोधनको कुरा भनेर जनताले नभनुन यो चिन्ता डा.शेखरले गम्भिरता पुर्वक लिएका जस्तो लाक्छ! र लिनु पनि पर्छ!
काग्रेसमा देउवा विचार विस्थापित हुदै
काग्रेसमा शेर व बाहदुर देउवा कमजोर हुदै गइरहेका छन ! माओवादीसंग गठवन्धन भंग भए संगै उनि कमजोर हुन थालेका हुन ! उनका वरिपरी रहेका र उन्का सल्लाहाकारले समयानुकुल राजनीति सल्लाहा नदिदा देउवामा विपरीत राजनीतिक परिस्थिति हात लाग्न थालेको हो ! एमाले माओवादी गठवन्धन भंग गरेर अर्को गठवन्धन को तयारीमा लागेका देउवा जसपाको पाटी विग्रह पछी तुहुयो !
जसपा पाटी फुट्नु अमेरीकी दुतवास या प्रचण्डलाइ दोष लगाए पनि यो खेल भित्र के पी ओली छन? छैनन भने पनि सबै भन्दा फाइदा एमालेलाइ छ !एमाले कुनै पनि हालतमा यो गठवन्धन सहज तरिकाले अर्को कुनै दल संग गठवन्धन होस यो चाहान्दैनन!”दोउवाले अन्य दल संग मिलेर गर्ने भनिएको गठवन्धन प्रत्यक्ष अप्रत्यक्ष के पी ओलीवाट तुहियो ! डा .शेखरले देउवा बाट हुनै कुनै पनि गठवन्धन रुचाउदैनन र त्यस्को सहयोगी भुमिका केपी ओलीबाट भयो ! डा . शेखरको एमाले र काग्रेस गठवन्धनको सरकारको परिकल्पना जसपा पाटी फुटले अझै जीवित देखिएको छ! यो अभियान जीवित रहुन्जेल मनोवैज्ञानिक रुपबाट देउवाको विचार, नीति र रणनीति कमजोर हुदै गर्दा त्यो कमजोरी उन्कै नेतृत्वा रहेको दल काग्रेस भित्र पनि त्यस्को छाया पर्दै गएको छ! यो छाया भित्र एक्लो देउवा मात्र हैन पुरै सस्थापन पनि परेको छ! र यसरी संस्थापनको विचार , नीति र रणनीति वनसाहीमा परिणत हुदै गएको छ !
Subscribe
Login
0 Comments


