१२ मंसिर २०८३, शुक्रबार

पुराना दलसँगको निराशा र नयाँ दलसँग आशाको मत रास्वपा हो तर भ्रष्टाचारको लिप्त

एसीपी संवाददाता

३ जेष्ठ २०८१, बिहीबार १९:४१ मा प्रकाशित

नेपालगन्ज –  पुराना दलहरूको बेथितिले मानिसहरू वाक्क भएको प्रचार गर्दै त्यसको फाइदा उठाउने गरि रास्वपाको उदय भएको कुरा ध्रुव सत्य हो। पुराना दलसँगको निराशा र नयाँ दलसँग आशाको मत रास्वपाले पाएको हो। बेथिति र भ्रष्टाचारविरूद्ध लड्ने बाचा गरेर संसदमा पुगेको रास्वपा यतिबेला सहकारी प्रकरणका कारण ठूलो फसादमा परेको छ। पुराना दलका धेरै नेताहरू पनि कैयन बेथिति र भ्रष्टाचार मुद्दामा नपरेका होइनन्। धेरैलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा उभ्याएको छ। धेरै जेल पनि गएका छन्। तर पुराना दलका शीर्ष नेताहरू अहिलेसम्म अदालतमा उभ्याइएका छैनन्। वा, उभिने परिस्थिति बनेको छैन। दलको कुनै अमुक नेता विवादमा पर्नु वा अदालतबाट कारबाहीमा पर्नु र दलको अध्यक्ष नै कारबाहीमा पर्ने परिस्थिति सिर्जना हुनुमा आकाश-जमिन अन्तर हुन्छ छ। त्यसमाथि रास्वपाको उदयमा रवि लामिछानेको ठूलो भूमिका छ। धेरै मत उनकै नाममा आएको हो। रास्वपाका धेरै सांसदले उनकै नाममा जितेका हुन्। अनि यो दलको संगठन विस्तार अझै भइसकेको छैन। देशव्यापी प्रभाव बन्न बाँकी नै छ। यस्तो अवस्थामा रास्वपा सभापतिको सहकारी विवाद सो दलका लागि कम भारी पर्ने छैन। अहिले नै ‘पुराना र नयाँमा के फरक भयो’ भन्ने भाष्य बन्न थालेको छ। सहकारीको विवाद गहिरिँदै जाँदा र इलाम-२ को उपनिर्वाचनपछि रास्वपाको ‘मिसन-८४’ को आवाज साह्रै मलिनो बनेको छ। मिसन-८४ भन्ने नेता-कार्यकर्ताको आत्मविश्वास एक्कासि खस्किएको छ।
जति प्रमाणहरू अहिले सार्वजनिक भएका छन्, तिनकै आधारमा पनि सभापति लामिछाने अदालतमा दण्डित हुने अवस्था छ। त्यसैले रास्वपालाई संसदीय छानबिनमा सहमति जनाउन सजिलो छैन। मेघराज ओलि जि स्वतन्त्र बिचार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x