१२ मंसिर २०८३, शुक्रबार
गगनलाई कारबाही नगरे गृहमन्त्री नै देशद्रोहको मतियार ठहरिने रावलको जिकिर
काठमाडौँ । एमाले नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गृहमन्त्री रवि लामिछानेले देशद्रोह अभियोग लगाएकोले थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा गृहमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ ।
Subscribe
Login
0 Comments


