१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्ज उपमहानगरका विषयगत समितिसंग सामीको अन्तरक्रिया

एसीपी संवाददाता

९ जेष्ठ २०८१, बुधबार १०:२१ मा प्रकाशित

नेपालगन्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले स्थानीय तह विषयगत समितिसंग अन्तरक्रिया गरेको छ । नेपालगन्ज उप-महानगरपालिकाका विषयगत समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न महाशाखा एवम् शाखाका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको सामीका बाँके जिल्ला संयोजक कमलसिंह नेपालीले बताए । त्यसक्रममा वैदेशिक रोजगार बोर्ड अन्तरगत सामी कार्यक्रमकि कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले सामीका गतिविधि, वैदेशिक रोजगारीको अवस्था, प्रवृत्ति, समस्या, सामीले खेलिरहेको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । उनले विषयगत समितिहरुलाई सुरक्षित वैदेशिक रोजगारीका लागि नीति, कार्यक्रम र बजेट विनियोजनमा तत्परता र अग्रसरता देखाउन आग्रह गरिन् । कार्यक्रमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सामी कार्यक्रम निकै सान्दर्भिक र उपयोगी देखिएको बताए ।

सामीले वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, आप्रवासी स्रोत केन्द्रमार्फत सूचना तथा परामर्श सेवा दिँदै आएको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले बताए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेको चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उप-महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x