१२ मंसिर २०८३, शुक्रबार

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

एसीपी संवाददाता

१५ जेष्ठ २०८१, मंगलवार १६:१७ मा प्रकाशित

नेपालगञ्ज  । आज मंगलबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नेपालगञ्जमा आज रक्तदान कार्यक्रम गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा दिउँसोसम्म ३५ जनाले रगत दान गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अ)गदबहादुर शाहीले बताउनुभयो ।

रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, भेरी अस्पतालका वरिष्ठ फिजिसिय कन्सलटेन्ट डा राजन पाण्डे, डा संकेत रिसाल लगायतको उपस्थिति रहेको थियो । रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा निजमती कर्मचारी, स्वास्थ्यकर्मी, युवागायतले रक्तदान गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x