१२ मंसिर २०८३, शुक्रबार

शनिवार नेपालगन्जमा बृहत सरसफाई कार्यक्रम

एसीपी संवाददाता

१९ जेष्ठ २०८१, शनिबार १४:२६ मा प्रकाशित

नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले स्थानीय सरकारको सहकार्यमा शनिबार नेपालगन्ज उपमहानगरपालिकामा सरसफाइ अभियान सञ्चालन गरेको छ । ‘सफा र व्यवस्थित सहर हाम्रो परिकल्पना’ भन्ने नाराका साथ सररफाइ अभियान सुरु गरिएको मञ्चकी अध्यक्ष सुशीलाश्री विकले जानकारी दिइन् । 
नेपालगन्जको भानुभक्तचोकदेखि बागेश्वरी मन्दिरसम्म सरसफाइ गरिएको र प्रत्येक महिनाको एक शनिबारमा नेपालगन्जका विभिन्न स्थान तोकेर सरसफाइ कार्यक्रम गर्दै आएको नेपाल मञ्चका सचिव दीपक चन्दले जानकारी दिए । उनले दिगो विकासको लक्ष्य पूरा गर्न पनि सरसफाइ अभियान अपरिहार्य हुने भन्दै अब नयाँ तरिकाबाट उपमहानगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन पहल गर्नुपर्ने बताए ।
मञ्चकी अध्यक्ष विकले बाटोघाटो बनाउनु मात्र विकास नभएको बताउँदै सरसफाइ पनि अपरिहार्य रहेको जनाइन् । ‘सरसफाइ जिल्लाको प्रतिष्ठा र गौरवसँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकता दिनुपर्छ,’ अध्यक्ष विकले भनिन्, ‘त्यसैले हामी नगरको सरसफाइ अभियानमा सक्रियतापूर्वक लागेका हौँ ।’
स्थानीय तथा प्रदेश सरकारका साथसाथै सबै सरोकारवालाहरू मिलेर सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् । ‘यो हाम्रो स्वास्थ्य र सभ्यतासँग पनि जोडिएको विषय हो,’ उनले भनिन्, ‘सबै मिलेर स्वच्छ र सरसफाइयुक्त उपमहानगरपालिका बनाउन लाग्नु जरुरी छ ।’ उनले सरसफाइ अधियानलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाइन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x