१२ मंसिर २०८३, शुक्रबार

बाँके जिल्लाव्यापी नकआउट फुटबलमा नेपालगञ्ज–११ च्याम्पियन

एसीपी संवाददाता

२४ जेष्ठ २०८१, बिहीबार ०९:२८ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज–११ स्पोर्टिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दै नेपालगञ्ज–११ बाँके जिल्ला फुटबल संघको ‘ए’ डिभिजन क्लबमा प्रवेश गरेको छ ।

आज कोहलपुरस्थित १३ बिगाह फुटबल मैदानमा नेपालगञ्ज–११ ले न्यु दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापा मगरले २ गोल, सुमित थापा, प्रेम बहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गरेका थिए । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उप–मेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही लगायतले पुरस्कृत गरेका थिए ।

जेठको १९ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालगञ्ज–११ स्पोर्टिङ क्लब, सिटी युथ क्लब, इ-जोन स्पोर्ट्स क्लब, न्यु दपर्ण युवा स्पोर्ट्स क्लब, न्यु नलेज स्पोर्ट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोर्ट्स क्लबको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x