१२ मंसिर २०८३, शुक्रबार

मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदै

एसीपी संवाददाता

२७ जेष्ठ २०८१, आईतवार १०:०६ मा प्रकाशित

काठमाडौ। लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदी आइतबार पदको शपथग्रहण गर्दैछन्।

मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ ७ः१५ बजे प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ। समारोह राष्ट्रपति भवनमा हुनेछ। मोदीसँगै ४० जनाले पनि मन्त्रीको शपथ लिन सक्नेछन्।

यीमध्ये एनडीए गठबन्धनका १४ साझेदारका १८ सांसद समावेश हुन सक्छन्। टीडीपी र जेडीयूबाट २र२ र शिवसेनाबाट एक जना क्याबिनेट मन्त्री बन्न सक्नेछन्।

शपथमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटान गरी ७ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ।

१८औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (विजेपी) नेतृत्वको गठबन्धन एनडीएले ५४३ सदस्यीय लोकसभामा बहुमत २९२ सिट जितेपछि मोदी लगातार तेस्रोपटक भारतका प्रधानमन्त्री बनेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x