१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी

एसीपी संवाददाता

२८ जेष्ठ २०८१, सोमबार ११:३४ मा प्रकाशित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका छन्।

राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन्।

रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ। रात्रिभोजमा श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत अतिथि उपस्थित थिए।

प्रधानमन्त्री दाहालले सोमबार बिहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नेछन्।

प्रधानमन्त्री दाहाल शप ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन्।

प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x