सिआइबीले यातायात व्यवस्था कार्यालय नवलपरासीका कम्युटर अपरेटर पदमराज आचार्य, यातायात व्यवस्था कार्यालय तानसेनका तत्कालीन शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पक्राउ गरेको छ ।
सिआइबीले नक्कली लाइसेन्स प्रकरणमा अनुसन्धान गरिरहेका बेला ५ जनालाई पक्राउ गरेको हो। उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको सिआइबीले जनाएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको छ।


